राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको छ ।

समितिले आज एक सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतियोगिताद्वारा विभिन्न प्राविधिक र प्रशासनिक रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।

समितिको सूचनाअनुसार मुख्य वैज्ञानिक, वरिष्ठ वैज्ञानिक अधिकृत, सहायक वैज्ञानिक अधिकृत, वैज्ञानिक सहायक, प्रशासकीय सहायक, लेखापाल र प्रयोगशाला पदहरुमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । यी पदहरू रसायन विज्ञान, जीव विज्ञान, भौतिक विज्ञान तथा लेखा समूहअन्तर्गत रहेका छन् ।

इच्छुक उम्मेदवारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी तोकिएको बैंक खातामा परीक्षा शुल्क बुझाएर आवेदन दिनुपर्नेछ ।

आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रहेको जनाइएको छ । दोब्बर दस्तुर तिरेर सात दिन भित्र दरखास्त दिन सकिनेछ ।