
काठमाडौं । आज देशका विभिन्न २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलबस्तु, म्याग्दी, बाग्लुङ्ग, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरासहित आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख बढ्ने र बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु विभिन्न जिल्लामा पनि बाढीको मध्यम जोखिम छ । महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।
हेर्नुहोस् जोखिमयुक्त जिल्ला र नदी :





खबर बजार । १० आश्विन २०८३, शनिबार १२:३१