मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १२ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

पूर्वाधार

थप ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले आज एक सूचना जारी गरी एक कम्पनीलाई एक वर्ष, चार कम्पनीलाई दुई वर्ष र दुई कम्पनीलाई दुई वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

Dailekhi urja

विभिन्न निकायबाट लेखी आएबमोजिम मंसिर ३ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी चार निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका निर्माण कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

nepalgunj