मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाए

१ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिनु भयो ।

उहाँका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।