बालेन सरकार बनेपछि करिव साढे एक लाख युवा विदेशिए

हेर्नुहोस् तथ्यांक...

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को करिव दुई तिहाइ जनमतसहितको सरकार बनेयता करिव साढे एक लाख युवा विदेशिएका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भए यता अर्थात् २०८२ चैत १३ गते यता एक लाख ३६ हजार दुई सय ९३ नेपाली युवा विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८२ चैत महिनामा ६१ हजार ८ सय १९ जना विदेशिएका थिए ।

यसैगरी, वैशाख महिनामा मात्रै ७४ हजार ४ सय ७४ जना नेपाली युवाले श्रम स्वीकृति लिएर विदेश छिरेका छन् ।

विभागकाअनुसार वैशाखमा बाहिरिने युवाहरुमा ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । जसमध्ये ४१ हजार ३ सय २४ जना नयाँ युवाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार एक सय ५ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

चालू आर्थिक वर्षको साउन देखि वैशाख सम्म ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विदेशिने नेपालीको तथ्यांक औसतमा चैत र वैशाखमा धेरै देखिन्छ ।