सुर्खेत । सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सार्नुभएको हो ।
किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत बताउनुभयो ।
यस्तै, सरकारले दुई लाख बेरोजगारलाई रोजगारी दिने व्यवस्था गरको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले बेरोजगारलाई रोजगारको कार्यक्रम अघि सार्न लागेको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको समेत बताउनुभयो ।
खबर बजार । १६ जेष्ठ २०७९, सोमबार ०६:५९