५६ औ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा माबी स्तरीय वक्तृत्वकला प्रतियोगिता

सुर्खेत । ५६ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुर्वी सुर्खेत को गुर्भाकोट नगपालिकामा मावी स्तरिय वक्तृत्वकला प्रतियोगितामा सप्पन्न भएको छ । उक्त प्रतियोगितामा नगरपालिका भित्रका माद्यामिक तह संचालन भएका ९ वटा बिद्यालय बाट १८ जना बिद्यार्थीहरु सहभागी भएको गुर्भाकोट नगरपालिका शिक्षा शाखामा कार्यरत कम्प्युटर सहायक गीता वली ले जानकारी दिनु भयो। ५६ औ अन्तर्राष्ट्रिय दिवसको नारा ूसाक्षरता सिकाइ क्षेत्रमा रुपान्तरणू बिषयमा प्रतियोगिता संचालन भएको थियो।।उक्त वक्तित्वकलामा सुर्यज्योती माविमा अध्यनरत विद्यार्थी योगेश खत्री प्रथम भएका थिए। त्यस्तै गुर्भाकोट युनाइटेड पब्लिक स्कुलमा अध्यनरत विद्यार्थी रक्षा खत्री दृतिय ,माबी कोटखोलामा अद्यनरत विद्यार्थी रितु भन्डारी तृतीय र आनन्द मावी गुमिमा अद्यनरत विद्यार्थी गायत्री घर्ती सानत्वना भएका हुन ।

कार्यक्रममा प्रथम, दृतिय ,तृतीय र सान्त्वना हुने बिद्यार्थी लाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । प्रथम हुने सुर्यज्योती माविमा अध्यनरत विद्यार्थी योगेश खत्री र सान्त्वना हुने आनन्द मावी गुमिमा अद्यनरत गायत्री घर्ती लाई प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढाले पुरस्कार तथा सम्मान पत्र वितरण गर्नुभएको त्यसैगरी दृतिय हुने गुर्भाकोट युनाइटेड पब्लिक स्कुलमा अध्यनरत रक्षा खत्री र तृतीय हुने माबी कोटखोला मा अद्यनरत विद्यार्थी रितु भन्डारी लाई गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति का संयोजक बासुदेव शर्मा ले पुरस्कार तथा सम्मान पत्र वितरण वितरण गर्नुभएको थियो। प्रतियोगितामा बिबिन्ना बिद्यालयका प्रधानाध्यापक बिद्यार्थी ,शिक्षा शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलाकुद शाखाले आयोजना गरेको उक्त वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो।