पश्चिमी वायुको प्रभाव : देशभरको मौसम अझै धुम्म, केही ठाउँमा हल्का पानी पर्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँको मौसम शुक्रबार आज पनि धुम्मिएको छ ।

आज पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।

धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ ।