सुनको भाउमा गिरावट

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।