

काठमाण्डौ । पेरिस सेन्ट–जर्मेइन (पीएसजी) मा रहेका ब्राजिलका फरवार्ड नेयमार साउदी प्रो लिग क्लब अल–हिलालमा जाने पक्का भएको छ । पीएसजीले नेयमारलाई ९० मिलियन अर्थात् नौ करोड युरोमा अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नेयमार अल हिलाल जाने पक्का भएको बीबीसीले जनाएको छ ।
नेयमारले अल हिलालमा हरेक वर्ष १२ करोड नौ लाख युरोभन्दा धेरै पारिश्रमिक पाउनेछन् । यो रकम अहिले पीएसजीमा पाएको भन्दा ६ गुणा धेरै हो । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका थिए ।
अब नेयमारले स्वास्थ्य जाँचसहितका अन्य कागजी प्रक्रिया पूरा गरेर ४८ घण्टाभित्रै अल–हिलालसँग सम्झौता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खबर बजार । २९ श्रावण २०८०, सोमबार १७:५०