काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले हराएको छ । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको कर्णाली प्रदेशले दोस्रो जित हासिल गरेको हो ।
कर्णाली प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । लुम्बिनी प्रदेशको भने जारी प्रतियोगितामा यो दोस्रो हार हो । लुम्बिनी प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा लुम्बिनी प्रदेशले भने ४१.२ ओभरमा अलआउट हुदै एक सय २४ रनमात्र बनायो ।
लुम्बिनी प्रदेशका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका कृष्णले ७७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए । मृनाल गुरुङले पनि २२ रन बनाएका थिए ।
तस्तै, मोहम्मद हुसैन १० रन, सम्राट भुसाल ८ रन, निर्मल गुरुङ १० रन र अभिषेक गौतमले ९ रन बनाए ।
कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले तीन विकेट लिए भने, अनुज चनरा र दीपेन्द्र रावतले पनि दुई–दुई विकेट र दिवान पुनले पनि एक विकेट लिए ।
त्यसअघि कर्णाली प्रदेशका लागि दीनेश अधिकारीले अर्धशतकीय पाली खेले । कर्णालीका लागि नवौँ नम्बरमा क्रिज आएका अधिकारीले ५९ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतमा ५६ रनको पाली खेले ।
दीपेन्द्र रावतले पनि टोलीका लागि ४७ रनको योगदान गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६९ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतमा ४७ रन हिर्काएका हुन् ।
तेस्तै, हिमांशु शाहीले २५ रन, कप्तान रविन्द्र शाहीले ११ रन, प्रकाश जैसीले ९ रन, राजेश खड्काले ७ रन, अर्जुन घर्तीले २ रन बनाउदा विपिन शाही र दिवान पुन शून्य रनमै आउट भए ।
लुम्बिनी प्रदेशका लागि अभिषेक गौतम र निर्मल गुरुङले तीन–तीन विकेट लिए भने, मोहम्मद हुसैन, कृष्ण कार्की र अजय चौहानले पनि एक–एक विकेट हात पारे ।
आजै भएको अर्को खलमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । बाग्मतीले आर्मीलाई ३ विकेटले हरायो । आर्मीले दिएको ९८ रनको सामान्य लक्ष्य बाग्मतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । बाग्मतीका अशोक पौडेल र प्रतिज जीसीले समान २१ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । बाग्मतीका सूर्य तामाङले ५ विकेट लिए ।
खबर बजार । ३ माघ २०८०, बुधबार १८:२९