
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते शेयर बजार उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ७४ अङ्कले बढेर २ हजार ६७७ दशमलव ५४ विन्दुमा पुगेको छ । नेप्से लगातार चौथो दिन बढेको हो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन समूह ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज २५९ वटा कम्पनीको शेयर बढेकोमा १३ वटाको घटेको छ । यस्तै मान्डु हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको शेयर भने घटबढ भएको छैन ।
आज श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर १५ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर १५ प्रतिशतले घटेको छ ।
आज कारोबार रकम सामान्य बढेको छ । हिजो ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।




खबर बजार । १ श्रावण २०८३, शुक्रबार २०:४८