
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स बीच खेल हुँदै छ । खेल साँझ पौने ८ बजे हुने छ ।
यसअघिको खेलमा, सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ।
ईडेन गार्डेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनायो ।
जवाफमा कोलकाता १६ ओभरमै १६१ रनमा अलआउट भयो ।




खबर बजार । २० चैत्र २०८२, शुक्रबार ०७:४०