
काठमाडौं । आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




खबर बजार । २८ भाद्र २०८३, आईतवार ०६:३४