गुराँसकी नितुको आवाजले द भ्वाइसका सबै निर्णायकको कुर्सी ‘टर्न’ (भिडियो)

दैलेख । दैलेखको गुराँस गाउँपालिकाकी नितु थापा मगर यतिबेला नेपाली संगीत क्षेत्रको प्रमुख चर्चामा हुनुहुन्छ । “द भ्वाइस अफ नेपाल ७” जस्तो देशकै प्रतिष्ठित रियालिटी शोमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत नितुले सबैलाई मन्त्रमुग्ध बनाउनु भएको छ ।

द भ्वाइस अफ नेपालको पहिलो राउण्डमा नितुले यस्तो प्रदर्शन गर्नु भयो, जसले सबै चार जना कोचहरुलाई आफ्नो कुर्सी घुमाउन बाध्य बनायो । त्यो क्षणले केवल नितुको अद्वितीय गायन क्षमतालाई उजागर मात्रै गरेन, यसले दर्शक र कोचहरूको मन पनि जित्यो । पहिलो राउण्डको यो उपलब्धिले उहाँले देशभरका संगीतप्रेमीहरूको ध्यान आफुतिर तान्न सफल हुनुभएको छ ।

नितुको प्रस्तुति पछि कोचहरूले उहाँको स्वरलाई “अभूतपूर्व” र “विशेष” भनेका थिए । खासगरी, उहाँको स्वरमा रहेको गहिराइ र भावना सम्प्रेषण गर्ने क्षमता सबैको मन छुने खालको थियो ।

भिडियो हेर्नुहोस्: 

https://www.facebook.com/share/v/1DTBzEasE8/