आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच कुरो नमिलेको कारण अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजको संसद बैठकमा पनि पेश नहुने भएको छ ।

सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

संसद बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहभागी भएको छैन ।