गगन थापाको राजिनामा अस्वीकृत 

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ ।

निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट दिएको राजिनामा उपर छलफल गर्न शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियोे ।

विभिन्न आधारमा राजिनामाको प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिअनुसार जेन्-जी आन्दोलनको सन्दर्भमा आयोगद्वारा गरिएको छानबिनपछिको प्रतिवेदन चाँडो सार्वजनिक गर्न सरकारलाई दबाव दिने निर्णय पनि भएको छ ।