
काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका छन् ।
महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियोे ।
प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।




खबर बजार । १० बैशाख २०८३, बिहीबार ०७:१९