
काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यही वैशाख ३० गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । बैठकको स्थान र समय भने तोकिएको छैन ।
सचिवालयको बैठकले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।
यसैगरी, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको छ ।
बैठकबाट कर्णाली प्रदेश सह-महामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।
विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै रास्वपाले उहाँलाई शिक्षा विभागको प्रमुख बनाएको छ ।




खबर बजार । २७ बैशाख २०८३, आईतवार २१:११