‘सत्ता गठबन्धन जोगाउन एमसीसी अनुमोदन’-प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनको कारण सत्ता गठबन्धन जोगिएको बताउनुभएको छ ।

केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्दै प्रचण्डले एमसीसी अनुमोदन गरिएसँगै अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने सुनिश्चित भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएको भए गठबन्धन भत्किने र मुलुकमा प्रतिगमन दोहोरिने खतरा रहेको समेत ब्रिफिङ गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ प्रकाशप्रति लक्षित गर्दै एमसीसीमा फरक मत स्वाभाविक भए पनि पार्टीभित्र केही व्यक्तिले कार्यकर्तालाई नै भ्रमित पार्न खोजेकोमा आक्रोशसमेत व्यक्त गर्नुभएको छ ।