प्रतिनिधि सभामा महाअभियोग सिफारिस समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।

फाइल तस्बिर

आइतबार बसेको प्रतिनिधिसभा बैठकले समितिमा सबैभन्दा ठूलो दल नेकपा (एमाले) बाट चारजना सदस्य छन् भने नेपाली कांग्रेसबाट दुईजना, नेकपा (माओवादी केन्द्र) बाट दुईजना, नेकपा (एस)बाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।

समिति गठन सँगै प्रतिनिधि सभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आइतबारको बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम वाचन गर्नुभएको थियो ।