दैलेख । नेकपा (एमाले) दैलेखको सातौं जिल्ला अधिवेशनअन्तरगत नेतृत्वका लागि मतदान चलिरहेको छ । सहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि आज (बुधबार) मतदानको प्रक्रिया अपनाइएको हो ।
जम्मा ७ सय २२ प्रतिनिधि रहेको दैलेख एमालेको अध्यक्षमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको दाबी रहेको छ ।
आज मतदान गर्ने र आजै सांझ मत गणना हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि भएको सबै निर्वाचन प्रक्रिया खारेज भइसकेपछि पुनः अधिवेशन सुचारु गरिएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बालगायत दैलेखबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु दैलेखमा हुनुहुन्छ ।
खबर बजार । २ चैत्र २०७८, बुधबार १३:०६