सुर्खेतका नौ स्थानिय तह हाँक्ने प्रमुखहरुले गरे सपथग्रहण

सुर्खेत । सुर्खेत जिल्लाका नौवटा स्थानिय तहका नवनिर्वाचित प्रमुखहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोजनामा जिल्ला न्यायाधिश डा. रोजन्द्रकुमार आचार्यले उहाँहरुलाई सपथग्रहण गराउनुभएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका हस्त पुन, लेकबेशी नगरपालिकाका उमेशकुमार पौडेल, भेरीगंगा नगरापालिकाका यज्ञप्रसाद ढकाल, बराहताल गाउँपालिकाका भिमबहादुर भण्डारी, चि¨ाड गाउँपालिकाका बोधविक्रम जि.सी, सिम्ता गाउँपालिकाका ऐनबहादुर चन्द, पञ्चपुरी नगरपालिकाका लालविर भण्डारी र चौकुने गाउँपालिकाका नवनिर्वाचित प्रमुख खड्क वि.कले सपथ ग्रहण गर्नुभएको हो ।

सपथ ग्रहणपछि बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिका प्रदेशकै मुलद्धवारको नगरपालिका भएकोले पुर्वाधार विकास र सामाजिक न्यायको विकासलाई मिलाएर लैजाने बताउनुभयो ।

त्यस्तै बराहताल गाउँपालिकाका भिमबहादुर भण्डारीले सुचना, सञ्चार र कृषी र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर आँफुले पाँचवर्षको कार्याकालमा काम गर्ने बताउनुभयो ।

भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुशासन, भ्रष्ट्रचार न्युनिकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला समन्वय समितिको हल वीरेन्द्रनगरमा मा सम्पन्न भएको थियो ।