सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपिपी० परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ।

परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

‘यहि साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यामबाट एसपीपि कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयको लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको छ’, मन्त्री खड्काले भन्नुभयो ।
सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै एसपिपीमा सहभागी नहुने निर्णय गरे पनि पत्राचार नगरेको भन्दै आलोचना हुँदै आएको थियो। सांसदहरुले निरन्तर प्रश्न उठाउँदै आएपछि सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराउन पनि रुलिङ गर्नृुभएको थियो ।

पत्राचार गर्न ढिलो भएकोबारे बैठकमा बोल्दै मन्त्री खड्काले भन्नुभयो, ‘आन्तरिक परामर्श गर्नुपर्ने भएकाले ढिलो भएको हो।’