

काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्नु भएको छ । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गर्नु भएको छ ।हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनु भएको थियो । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।उहाँ माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उम्मेदवारी दिनु भएको थियो । छिमी यसअघि नै एमाले प्रवेश गरिसक्नु भएको छ।

खबर बजार । १७ आश्विन २०७९, सोमबार १४:४२