सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ ।शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाउनु भएको थियो । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोल्नु भएको हो ।कार्कीको आरोपपछि गणना रोकिएको छ र अहिले निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकमा विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधिहरू सहभागी छन् । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ७५ मतले अघि हुनुहुन्छ ।
"
खबर बजार । १० मंसिर २०७९, शनिबार १८:५७