धनुषा–४ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


काठमाडौं । धनुषा–४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिनु भएको छ । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँनु भएको छ ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिनु भएको हो । उहाप्ंले दोहोर्‍याएर मत गन्न माग गर्नु भएको छ । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।