लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अहिरले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री लीला गिरीले हिजो मन्त्री नियुक्त गर्नु भएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएको हो ।

यसअघि गएको माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।