गण्डकीका मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण : ‘जनअपेक्षाको कुठाराघात गरियो’

कास्की । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको ९ महिना भएपनि सरकारले जनअपेक्षालाई कुठाराघात मात्र गरेको एमालेको दाबी सहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।

एमाले प्रमुख समेचक मायानाथ अधिकारी नेतृत्वको टोलीले सोमबार मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमालेले ध्यानाकर्षणमा लेखेको छ, “विगतमा संसदको रोस्टममा उभिएर यहाँले गरेका तर्कहरु स्मरण गर्नु भएकै होला । तपाईंका प्रतिबद्धताहरु केवल सत्ता हत्याउन मात्रै थिए वा जम्मेवार बन्न पनि थिए भन्ने प्रश्न तपाईं सामु खडा छ ।”

हेर्नुहोस् ध्यानाकर्षण पत्र: