काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनभएको छ ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुंदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनु भयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
उहाँले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाउनु भएको थियो ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
खबर बजार । १२ बैशाख २०८०, मंगलवार १२:४३