
काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आउनुभएको छ ।

भोवेल आज तीन दिने भ्रमणका लागि नेपाल आउनुभएको हो । नेपाल बसाईका क्रममा उहाँले विभिन्न व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्ने कार्यक्रम छ ।
यस प्रकारको भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने, मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास सेनाले गरेको छ ।




खबर बजार । १ चैत्र २०८२, आईतवार १६:५९