एसईई दिन अब १४ वर्ष पुग्न नपर्ने, कक्षा १२ मा भने उमेर हद

काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पुग्न नपर्ने भएको छ । यसअघि १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान रहेकोमा यो वर्षदेखि लागु हुनेगरी उमेर हद हटाइएको हो ।

तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई भने उमेर हद लागु हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । एसएलसीमा कति उमेर हद लागु गर्ने भन्नेबारे बोर्डले अब केहि समयपछि निर्णय गर्ने तयारी गरेको छ ।

कानूनत: यससम्बन्धि निर्णय गर्ने अधिकार बोर्डलाई छ ।