स्विकृत योजनाविना बाँड्न थालिएको पाइप युवाहरुको नियन्त्रणमा

दैलेख । दैलेखको गुराँस गाउँपालिका वडानम्बर ८ मा संस्थागत स्विकृत योजनाविना बाँड्न थालिएको पाइप युवाहरुले नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिइएको पाइप ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा मत प्रभावित पार्ने हेतुले स्थानीय सरकारको महत्वपूर्ण अङ्ग वडा कार्यालयको जानकारीविना नै ढुवानी गरिएको १६ क्वायल पाइप युवाहरुले नियन्त्रणमा लिएका हुन् ।

प्रहरी चौकी लालिकाँडाकाअनुसार ना ७ त २२७८ नम्बरको ट्रयाक्टरमा धरमपोखरा पुर्‍याइएको पाइप वडा कार्यालय र वडा अध्यक्षसँगको जानकारीविना वितरण गरी पार्टीका गतिविधि गर्न थालेको भन्दै युवाहरूले नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिइएको पाइप हाल प्रहरी चौकी लालिकाँडा र आफूहरुले कुरिरहेको युवाहरुको भनाई छ ।

कुन निकायको माग र सिफारिसमा कुन आयोजनाको लागि, कुन निकायबाट पाइप आएको हो भन्नेबारेमा स्पष्ट खुल्ने प्रमाण नभेटाएसम्म नछोडिने युवाहरुले बताएका छन् ।