लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । लागूऔषधसहित सुर्खेतको वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरिएको छ । बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिंजालीलाई वीरेन्द्रनगर–१० बसपार्क नजिक रहेको एक होटलबाट बुधबार बिहान ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयल सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा सिंजालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चेकजाँच गर्दा मुकेशको साथबाट एक पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १२० मि.लि.ग्राम फेला परेको छ ।