सुर्खेत । विगत २ वर्षदेखि अवरुद्ध भएको बाँकेको कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभिए विद्युत प्रसारण लाइन विस्तर गर्न बाटो खुलेको छ ।
प्रसारण लाइनको टावर निर्माण गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको १७५ रोपनी जग्गा प्रयोगमा आउँछ ।
नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रफल बराबरकै जग्गा सट्टाभर्नाबापत दिने भएपछि प्रसारण लाइन विस्तारका सबै अड्चन हटेको हो ।
‘निकुञ्जअन्तर्गतको जग्गा प्रयोग गरेबापत अर्को स्थानमा जग्गा उपलब्ध गराउने प्रक्रिया शुरू भएको छ,’ प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियाल यादबले बताउनुभयो ।उहाँकाअनुसार प्रसारण लाइन विस्तार गर्न कुल १६२ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये ७४ वटा निकुञ्ज क्षेत्रमा पर्छ । यस्तै निकुञ्जका १३ हजार ५४ वटा रुख कटान गर्नुपर्ने हुन्छ ।
२०४४ सालदेखि हालसम्म सुर्खेत र त्यसबाट आसपासका ७ जिल्लामा ३३ केभिए प्रसारण लाइन सञ्चालनमा छ । कान्तिपुरबाट ।
"
खबर बजार । २५ मंसिर २०७९, आईतवार ०७:१४