कास्की । आहा रारा गोल्डकप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।
खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।
आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
खबर बजार । १३ माघ २०७८, बिहीबार ०७:१७