भायानेटद्वारा वाइफाइ–६ इन्टरनेट सेवा सार्वजनिक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले अत्याधुनिक ‘वाइफाइ–६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ तथा कमजोर सिग्नलजस्ता समस्या समाधान गर्ने उद्देश्यले उक्त सेवा बजारमा ल्याइएको हो ।

डिजिटल युगमा घरभित्र एकैपटक धेरै उपकरण सञ्चालन हुने अवस्थालाई ध्यानमा राख्दै तयार गरिएको यस प्रविधिले पुरानो प्रणालीको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले लेटेन्सी घटाउँदै प्रयोगकर्तालाई सहज र स्थिर इन्टरनेट अनुभव उपलब्ध गराउने बताइएको छ ।

कम्पनीले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाइ–६ प्याकेज उपलब्ध गराएको छ । २५० एमबीपीएस गतिको वार्षिक योजना रु. १३,८०० (भ्याटसहित) मा उपलब्ध हुने र वार्षिक ग्राहकलाई थप एक महिनाको सेवा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

घरका सबै भागमा समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन भायानेटले रु. ३,५०० (भ्याटसहित) मा ‘वाइफाइ–६ मेस’ राउटरको व्यवस्था समेत गरेको छ । उक्त प्रणालीले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरमा सिग्नल नपुग्ने समस्या समाधान गर्ने विश्वास कम्पनीको छ ।

यसैगरी, पुराना ग्राहकका लागि सेवा स्तरोन्नति प्रक्रियालाई सहज बनाइएको कम्पनीले जनाएको छ । हालका प्रयोगकर्ताले मात्र रु. ५०० मा पुरानो राउटरलाई नयाँ वाइफाइ–६ ओएनयूमा अपग्रेड गर्न सक्नेछन् ।

४के भिडियो स्ट्रिमिङदेखि अनलाइन गेमिङसम्मका गतिविधिमा सहजता ल्याउने लक्ष्यसहित ल्याइएको उक्त सेवाबारे थप जानकारीका लागि ग्राहकले ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन् ।