
काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो बैठक पनि कार्यसूचीअनुसार अघि बढ्न नसकी अवरुद्ध भएपछि पुनः स्थगन गरिएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा मात्र छलफल अघि बढाउनुपर्ने माग दोहोर्याउँदै कार्यवाहीमा अवरोध गरेको हो ।
विपक्षी दलले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आवश्यक रहेको भन्दै निरन्तर अडान लिएको छ ।
अवरोधका कारण सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गर्नुभएको थियोे ।
यद्यपि, त्यसअघि पनि सोही विषयलाई लिएर विपक्षीको अवरोधपछि बैठक केही समयका लागि रोकिएको थियो ।
लगातारको अवरोधका कारण संसद्को आजको दोस्रो बैठक पनि निर्धारित एजेन्डाअनुसार अघि बढ्न नसकेको हो ।




खबर बजार । ३० बैशाख २०८३, बुधबार १७:२६