f बाढीमा फेला परेका शवको सङ्ख्या १२०४ पुग्यो

बाढीमा फेला परेका शवको सङ्ख्या १२०४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परि फेला परेका शवको सङ्ख्या १२०४ पुगेको छ ।

गृह मन्त्रालयकाअनुसार विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय ४ जनाको शव फेला परेको हो ।

रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १ हजार २ सय १६ जनाको शव फेला परेको हो ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । घाइतेको संख्या ३०१ रहेका छन् ।