
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गर्नुपर्ने बताउनुभएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेको बिरोध गर्दागर्दै पार्टी फुटाउनुभएका नेपालले संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले नेकपा (एमाले) को सामना गर्न संसद भंग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब यसो गरौँ । संसद भंग गरेर निर्वाचनमा जाऔं । अब संसद् भंग गर्ने, संसद् पनि रहन्न र यो बितन्डा पनि रहन्न।’
एमालेले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।




खबर बजार । २२ फाल्गुन २०७८, आईतवार १८:०६