

काठमाडौँ । सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेको छ ।
पेट्रोलको खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएको आइतवारको सार्वजनिक विदा कटौती भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हो ।
सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसअघि २ दिन सार्वजनिक विदा प्रभावकारी नभएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

खबर बजार । २३ जेष्ठ २०७९, सोमबार २१:५७