काठमाडौं । केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ ।
शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १(१ को बराबरी गरेको छ ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०(२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको ब्याटिङ सुरुवात फेरि एक पटक राम्रो हुन सकेन । ओपनर आसिफ शेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो । त्यसपछि पवन र रोहितले इनिङ्सलाई अघि बढाए ।
तर नेपालले नवौँदेखि ११औं ओभरमा सम्म लगातार तीन विकेट गुमायो । पवन नवौं ओभरमा, दीपेन्द्र सिंह ऐरी ९३ रन० दशौँ ओभरमा र रोहित ११औं ओभरमा आउट भएपछि नेपाल ५९(५ को स्थितीमा पुगेको थियो ।
त्यसपछि आरिफ शेखले आदिल बलमले नेपालको इनिङ्सलाई आक्रमक रुपमा अघि बढाएका थिए । तर आदिल १६औं ओभरमा २० रन बनाएर आउट भए आरिफ शेख १७औं ओभरमा रनआउट भए भने करण केसी अर्को ओभरमा ठुलो सट हान्ने चक्करमा आउट भए ।
कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९ औं ओभरमा आउट भए ।
खबर बजार । १० भाद्र २०७९, शुक्रबार १९:४७