काठमाडौं । विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए ।
यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।
यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।
अस्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो
खबर बजार । ३ मंसिर २०८०, आईतवार १८:१६