काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको हो ।
सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकारेको थियो ।
खबर बजार । ६ फाल्गुन २०७८, शुक्रबार १९:०८