प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटकाे उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाडाैं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

वीरगञ्जमा शुक्रबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मी सिजनको च्याम्पियन बनेको हो ।

आर्मीले सुदूरपश्चिमले दिएको १ सय ६२ रनको लक्ष्य ५ विकेटको क्षतिमा ३४ दशमलव ३ ओभरमा पूरा गर्‍यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले खराब ब्याटिङ गरेको थियो । उसले ३९ दशमलव ४ ओभरमा अलआउट हुँदा १ सय ६१ रन जोडेको थियो ।