
सुर्खेत । इन्जिनियर रेशम वलीको लोक झ्याउरे गीत ‘श्यामु’ सार्वजनिक भएको छ ।
कृपा एण्ड क्रिष्टिका प्रोडक्सन/श्रीनाथ फिल्मसको व्यानरमा सार्वजनिक भएको गीत रेशम वली र दिपिका बयम्बुमगरको स्वरमा रहेको छ । गीतको शब्द रचना टिकाराम चपाईँ र रेशम वलीको हो भने गीतमा लय टिकाराम आचार्यले तयार गर्नुभएको हो ।
चन्द्र मन्दिरको निर्देशनमा रहेको ‘श्यामु’को म्युजिक भिडियोमा करिश्मा के.सी., जनक तारामी मगर, समीक्षा सुनार, दिलुसन बुढामगर, जानकी पुनमगर, प्रेम थापामगर, बिज्जु श्रीसमगर, मौसम सुनार, लक्ष्मी गिरी, दीपेन्द्र ओली, कमला पौडेल, सुमन लामिछाने, विनिता लामिछाने, भरत शाहीलगायतको नृत्य तथा अभिनय छ ।
मौलिक शैली, स्वर र संगीतमा रहेको ‘श्यामु’को म्युजिक भिडियो समेत उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेका छन् ।
हेर्नुहोस् भिडियो:




खबर बजार । २० मंसिर २०८२, शनिबार ०८:२१