‘द भ्वाइस अफ नेपाल-७’ को उपाधि कर्णालीकी नीतालाई 

काठमाडौं । गीत/संगीतको अन्तर्राष्ट्रिय प्ल्याटफर्म ‘द भ्वाइस अफ नेपाल-७’ को उपाधि गुराँस गाउँपालिका, ५ दैलेखकी नीता थापा मगरले जित्नुभएको छ ।

हिमालयन टेलिभिजनबाट प्रशारण हुने रियालिटी-शो द भ्वाइस अफ नेपाल-७ को फाइनलमा सबैभन्दा धेरै भोट र निर्णायकको निर्णयका आधारमा नीता विजेता हुनुभएको हो ।

यससँगै रियालिटी-शो मा कर्णालीबाट पहिलो विजेता बनेर कर्णालीको नाम इतिहासमा लेखिएको छ ।

यसैगरी ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उहाँ पहिलो महिला प्रतिस्पर्धी हो । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उहाँले उपाधि उचाल्नुभयो ।

कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित हुनुभयो ।

टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता घोषित हुनुभयो भने टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बन्नुभयो ।