धनगढी । नेकपा (माओवादी केन्द्र) को समर्थनमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गर्नुभयो ।
उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् । पार्टी परित्याग गर्नेमा पूर्वजनसेना कमाण्डर सुनिल धिमाल लगायत छन् ।
खबर बजार । १६ फाल्गुन २०७८, सोमबार ०८:५१