काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।
बुधबार प्रधानमन्त्री देउवाले सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
खबर बजार । १९ फाल्गुन २०७८, बिहीबार ०९:४३