

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने भन्ने विषयमा निर्णायक भूमिकामा आफ्नै पार्टीको रहेको बताउनुभएको छ ।
सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुराकानीको क्रममा देश माओवादीकै एजेण्डामा चलिरहेको दाबी गर्दै उहाँले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ ।’
एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सुर्खेत आउनुभएको हो ।

खबर बजार । २७ फाल्गुन २०७८, शुक्रबार १०:३६